• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

स्पेनकै सबैभन्दा वृद्ध ११३ वर्षीया वृद्धाले कोरोनालाई हराइन्

  •  राष्ट्रिय संचार
  • ३१ बैशाख २०७७, बुधबार १८:१८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    म्याड्रिड, ३१ वैशाख (रासस–एएफपी) स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ ।

    अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

    Advertisement

    केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।”

    तीन सन्तानकी आमा मारियालाई केही साता उहाँकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उहाँको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो ।

    क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताउनुभएको छ । एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भन्नुभयो, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।”

    यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताउनुभयो । मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उहाँ स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुनुहुन्छ ।

    मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उहाँका स्पेनी बुबा अमेरिकामा पत्रकारिता हुनुहुन्थ्यो ।मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयु’द्धताका डुंगा चढेर स्पेन फर्कनु भएको थियो । उहाँ सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयु’द्धमा पनि बाँच्न सफल हुनु भएको थियो ।

    स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।

    Advertisement

    Post Views: 209
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३१ बैशाख २०७७, बुधबार १८:१८ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology