• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

काठमाडौं उपत्यका उच्च जोखिममा

  •  राष्ट्रिय संचार
  • २ जेष्ठ २०७७, शुक्रबार ०७:३१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं : वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो। ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्। अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार, ती बालिकालाई गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ। कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब (पीसीआर) परीक्षण गरिने भएको छ।

    कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए। गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो। आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। २९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ।

    Advertisement

    चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ। पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ।’ प्रवक्ता डा. देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्।

    मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन्। ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्। सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने। उनका अनुसार हालसम्म संक्रमितको संख्या २ सय ४६ पुगेको छ। यसमा एक सय ९८ पुरुष, ४८ महिला छन्। संक्रमितमध्ये ३५ जना निको भएपछि घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ।

    पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ । नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो । द्रुत परीक्षण किट आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा दुई हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो। अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन्। आइसोलेसनमा उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ६६ गरेर कुल २ सय ७२ व्यक्ति छन्।

    कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको उल्लंघन गर्दै उपत्यका छिर्ने क्रम बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ। तुलनात्मक सुरक्षित ठानिएको काठमाडौं उपत्यको संक्रमणको चपेटामा परेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।अन्नपुर्ण पोस्ट

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 3
    २ जेष्ठ २०७७, शुक्रबार ०७:३१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology