काठमाण्डौँ,असार १। सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन गए रातिबाट सकिएको छ । यद्यपि लकडाउन अवधि पुनः थप गर्ने वा नगर्ने भन्नेबारे सरकारले केही निर्णय गरेको छैन ।
त्यसयता पटकपटक थप गरिँदै आइएको लकडाउन अन्तिमपटक आइतबारसम्मका लागि तोकिएको थियो । मन्त्रिपरिषदको गत बुधबारको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । त्यसअनुसार बजार तथा पसल खुलेका छन् भने निजी सवारी साधन जोर विजोर प्रणालीका आधारमा चलेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।