सुर्खेत,१ असार । कालिकोट सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।मिर्त्यु हुने पुरुष १३ दिनअघि भारतको गढवालबाट फर्किएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय हुन् ।
सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको पुनले बताए । मृतकको स्वाव पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको मेयर पुनले बताय । मृतक पुरुष पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।