भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा रहेको पाली ब्रिजमा आइतबार बिहान अञ्जु नामकी दुलहीले माइतीबाट वि दा भएपछि घर पुग्नुअघि नै नदीमा हा म फा लेकी छिन् । उनको खोजी सोमबार पनि जारी रह्यो ।
दुलहीका माइती र घर पक्षका सदस्य पनि घ टनास्थलमा उपस्थित भए । दुलहा पनि किनारामा बसेर एकोहोरो हेरिरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अल्लापुर गाउँमा बस्ने रामप्रसाद सैनीकी छोरी अञ्जु सैनीको विवाह शनिबार भयो । मध्यपुरको श्योपुर जिल्लाबाट जन्ती आयो । त्यसपछि आइतबार बिहान दुलहीका आमा–बुवा र आफन्तले दुलहीलाई खुसी–खुसी बिदाई गरे ।
त्यसपछि दुलहीले राजस्थान र मध्य प्रदेशको सीमामा रहेको पाली ब्रिजमा पुग्ने बित्तिकै चालकलाई आफूलाई बान्ता आउन लागेको भनेर गाडी रोक्न लगाइन् ।
चालकले झ्यालबाटै बान्ता गरिदिन भन्दै गाडी रोकेनन् । दुलहीले पुनः आफूलाई असाध्यै गा ह्रो भएको भन्दै गाडी रोक्न आग्रह गरिन् । उनले चालकको हात समातिन् जसका कारण चालकको सन्तुलन बिग्रन थाल्यो ।
सन्तुलन बिग्रिएको देखेर चालकले गाडी रो के । दुलहा र परिवारका अन्य सदस्यले केही बुझ्नुअघि नै दुलही गाडीबाट नि स्किइन् र रेलिङमा चढेर हा म फा लिन् । प्रत्यक्षदर्शी चालकका अनुसार नदीमा हा म फा लेपछि उनी केही बेर पानीको डु बेको र पछि पानीमाथि आएर छ टपटाएको देखिइन् ।
तर त्यहँ उपस्थितमध्ये कसैलाई पनि पौडी खेल्न नआउने भएकोले दुलहीलाई सहयोग गर्न नसकेको बताए ।