एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र देहत्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ ।
भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।
उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।
उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे । उनीहरुको प्रेम सम्बन्धका बारेमा थाहा पाएका सुशान्तका परिवारले विवाहको कुरा पनि चलाएका थिए । तर अचानक सुशान्तले यस्तो निर्णय गरेपछि उनकी प्रेमिका भने देखापरेकी छैनन् । प्रहरीले रिहाको घरमै गएर वयान लिएको जनाएको छ । सुशान्तले देहत्याग गर्नु अघि अन्तिम पटक उनलाई पनि फोन गरेको फोन रेकर्डमा देखिएको छ ।