काठमाडौं : काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार मात्र काठमाडौंमा २ पुरुष,२ महिला र ललितपुरकी १ महिलामा कोरोना संक्रमण देखिएको थियो।
यस्तै मंगलबार एकै दिन ३८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो। नयाँ संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४९९ महिला रहेका छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।