बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार नै दाहसंस्कार गरिएको थियो । विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार बुबा र बहिनीले दागबत्ति दिएर गरेका थिए । सुशान्तको आ त्मह त्या प्रकरण अहिलेसम्म अनु सन्धानमा छ। प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिहा चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गर्ने छ।
यो पढ्न छुटाउनु भयो कि
सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ हटस्टारमा,कंगनाको समर्थन गर्दै वर्षा शिवाकोटीले भनिन् “नेपाली फिल्म उद्योगमा पनि परिवारवाद हाबी छ”सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन|यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आ त्मह त्या हो वा अरु केही ष ड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।
बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रे शनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्। हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रे शनकै कारण सुशान्तले आ त्मह त्या गरेको देखिन्छ।
सोमबार उनलाई अन्तिम बिदाई गर्न बलिउडका धेरै कलाकर्मी भेला भएका थिए त त्यस्मा ६ वर्ष लि भिङ्ग रिले शनसिपमा बसेकी उनकी पुर्वप्रेमिका अंकिता लोखन्डे पुगिनन् । उनीहरु “पवित्र रिस्ता”बाट चर्चामा आएका थिए । तर मंगलबार अंकिता सुशान्तको परिवारलाई भेटेर स मवेदना दिन सुशान्तको बान्द्रा अपार्टमेन्टमा पुगेको फोटोहरु बाहिरिएको छ ।
भारतीय मिडियाको अनुशार रुदा रुदा उनको अवस्था एकदमै नाजुक भएको थियो । आज बाहिर आएका फोटोमा पनि उनी अत्यन्तै तनावमा रहेको देखिन्छिन् । पिंकभिल्लाले सार्वजनिक गरकाे केहि तस्विरहरु हेरौं । सुशान्तको परिवारमा अर्को ब ज्रपात, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।
सुशान्तले अचानक आ त्मह त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्। बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।
उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्। देवरको मृत्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृत्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।