• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपालसँग तत्काल वार्ता गर्नुको अर्थ नरहेको मोदीको निष्कर्ष, आवश्यक परे सैन्य भाषामा व्यवहार गर्ने

  •  राष्ट्रिय संचार
  • ३ असार २०७७, बुधबार २०:३५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । भारतले नेपालसँग सीमा विवादबारे द्विपक्षीय वार्ता गरिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको छ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकले तत्काल नेपालसँग सीमाका विषयमा द्विपक्षीय वार्ता गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेको हो । भारतीय न्यूज च्यानल ‘आजतक’को अनलाइन संस्करणमा जनाइएअनुसार मोदीले उक्त बैठकमा नेपालले नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई मान्यता दिन संविधानमा समेत संशोधन प्रक्रिया थालेको अवस्थामा वार्ताको अर्थ नरहेको धारणा राखेका थिए । उक्त बैठकमा नेपालका पछिल्ला कदमका बारेमा कुनै प्रतिक्रिया नजनाउने र द्विपक्षीय वार्ताको मिति तय नगर्ने निर्णय भएको ‘आजतक’ ले जनाएको छ ।

    नेपालले सीमा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चसम्म लैजाने सूचना प्राप्त भएको भन्दै उक्त बैठकमा यसबारे पनि चर्चा भएको जनाइएको छ । भारतमाथि दबाब बनाउन नेपालले जस्तोसूकै कदम चाले पनि तत्कालका लागि मौन रहेर स्थितिमाथि गम्भीर रुपमा ध्यान दिने निर्णय भएको ‘आजतक’ ले उल्लेख गरेको छ ।‘सबै सन्धि–सम्झौतामा नेपाललाई फाइदा’बैठममा सहभागी स्रोतलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार कोरोना महामारी समाप्त नहुन्जेलसम्म मोदीले कुनै प्रकारको वार्ता नचाहने बताएका छन् ।

    Advertisement

    कोरोना नियन्त्रणमा आइसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने मोदीको भनाइ छ । नेपालले भारतसँगका सन्धि–सम्झौतालाई एकतर्फी रुपमा खारेज गर्न सक्ने सम्भावना समेत रहेको भन्दै मोदीले यसका लागि पनि तयार रहन बैठकमा सभागीलाई निर्देशन दिएका छन् ।

    उनले नेपालसँगका सन्धि–सम्झौतामा नेपाललाई नै अधिक फाइदा भइरहेको उल्लेख गर्दै नेपालले सन्धि–सम्झौता एकतर्फी रुपमा खारेज गरे पनि केही फरक नपर्ने जिकिर गरेको बताइन्छ ।

    ईपीजी प्रतिवेदन पनि नबुझ्ने

    भारतले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन पनि नबुझ्ने निर्णय गरेको छ । नेपालका तर्फबाट ईपीजी प्रतिवेदन बुझ्नका लागि लगातार माग हुँदै आए पनि कुनै पनि हालतमा ईपीजी प्रतिवेदन भारतले नबुझ्ने आजतक च्यानलले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।दुवै देशका प्रधानमन्त्रीलाई ईपीजी प्रतिवेदन बुझाउन बाँकी छ ।

    उक्त प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो ।स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ, ‘ईपीजी रिपोर्टमा नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अन्त्य गर्न सिफारिस गरिएको छ ।’‘भारतले कुटनीतिकस्तरमै नेपालसँगको सबै प्रकारका द्विपक्षीय मुद्दा सुल्झाउन चाहेको अवस्थामा पनि नेपालले भारतको अधिनमा रहेको भूभागलाई नयाँ नक्सामार्फत आफ्नो देशमा गाभेका कारण आवश्यक परेको खण्डमा अब सैन्य कुटनीतिको भाषामा व्यवहार गर्ने सन्देश प्रष्ट रुपमा दिएको छ,’ आजतकले भनेको छ ।

    नेपालका सबै राजनीतिक दल आफ्नो व्यक्तिगत, दलगत र भोट बैंकको स्वार्थका लागि यस प्रकारको कदम उठाइरहेको भारतको ठहर छ । नेपाल सरकारका तर्फबाट संसदमा पेश गरिएको नयाँ नक्सालाई सबै दलले समर्थन जनाउनु भारतका लागि आश्चर्यजनक रहेको पनि समाचारमा उल्लेख छ ।

    मधेसवादी दलहरुसमेत भारतको विपक्षमा उभिनु सबैभन्दा ठूलो झट्का भएको भारतको ठहर छ । ‘जुन मधेसी दलका कारण भारतमाथि नाकाबन्दीको आरोप लाग्दै आएको छ, जुन मधेसी दलका कारण मोदी सरकार नेपालमा सर्वाधिक आलोचित बनेको छ, तिनै मधेसी दलले साथ छोड्नु भारतको लागि कुनै शोकभन्दा कम होइन,’ समाचारमा भनिएको छ ।

    सीसीएसको बैठकमा नेपालका सबै राजनीतिक दल भारतविरुद्ध उभिएको अवस्थामा पनि आम नेपाली जनतालाई समस्या हुने गरी कुनै पनि कदम भारतले नचाल्ने निर्णय भएको बताइएको छ । बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, वित्तमन्त्री निर्मला सीतारमण, चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहभागी रहेको जनाइएको छ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ३ असार २०७७, बुधबार २०:३५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    • ५. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology