विराटनगरको मोरङमा बिहीबार एकैदिन ३९ जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रदेश १ मा सङ्क्रमित थपिएसँगै निको भएर जानेको संख्या पनि बढेको छ । अहिलेसम्म डिस्चार्ज भएर फर्कनेको संख्या २ सय १६ छ । सङ्क्रमितको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २९ जना र आइसोलेसन सेण्टरमा ७७ जनाको उपचार भइरहेको छ । उपचार गराईरहेका सङ्क्रमितमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
नयाँ सङ्क्रमितलाई आइसोलेशन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो अस्पतालमा नयाँ सङ्क्रमित ९ जना उपचारको लागि ल्याउँदै गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।