काठमाडौं । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उहाँले असन्तुष्टि जनाइयो । बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’
स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको प्रधानमन्त्री ओलीले बताय । स्थानीय जनप्रतिनिधिहरुको गुण मान्नुको साटो अपमान गर्न नहुने उहाँले बताउनुभयो । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उहाँले भन्नुभयो‘ मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’उहाले भन्नुभयो |
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।