५ असार,काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको श’व शुक्रबार नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको श’व नेपाल ल्याउन लागिएको हो ।
बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको श’व नेपाल ल्याउन लागिएको हो ।
कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा श’व नेपाल ल्याइने तयारी भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।’
वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको श’व आउँदैछ नामसहित हेर्नुहोस :-कतारबाट
- महमुद अलमान मुसलमान, कपिलवस्तु
- मुस्ताक साइक, सर्लाही
- रुपेशकुमार मण्डल, सिरहा
- कुम्बा तामाङ, लमजुङ
- भक्तबहादुर थापामगर, बाँके
- राजेन्द्रप्रसाद मण्डल, सप्तरी
- युवराज अधिकारी, मोरङ
- मीनबहादुर थापा, भोजपुर
- नरबहादुर कामी, सुर्खेत
- मंगलबहादुर तामाङ, भोजपुर
- सुकराम थारु, बर्दिया
- अरुणकुमार पंजियार, सर्लाही
- शिवशंकर राउत, महोत्तरी
- चुतर्वा मण्डल, धनुषा
- जितेन्द्र थापामगर, मकवानपुर
- यामबहादुर थापा, रुपन्देही
- कासिदेव यादब, सिराहा
- सधोवाका पासवान, सर्लाही
- अनिल चौधरी, महोत्तरी
श्रेष्ठका अनुसार ७ वटा श’व काठमाडौँमै अ’न्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ । सम्बन्धित परिवारलाई समेत जानकारी गराइसकेको श्रेष्ठले जानकारी दिए । (फोटो:फाइल)
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।