• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कम उमेरमै संसार छाड्ने यी भारतीय कलाकार

  •  राष्ट्रिय संचार
  • ५ असार २०७७, शुक्रबार १५:४९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ | यो वर्ष बलिउडले आफ्ना प्रिय कलाकारहरु गुमाए । अभिनेता ऋषि कपुर, इरफान खान, गायक वाजिद खानले यही वर्ष ‍संसार छोडे । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याले बलिउडलाई चकित पार्‍यो । एकै वर्ष यी स्टारहरु गुमाउनु पर्दा बलिउड अहिले शोकमा डुबेको छ । अकालमै संसार छोडेका सुशान्तले बलिउडलाई सम्पूर्ण ती कलाकारको सम्झना गराइदिएको छ जसले कम उमेरमै यो धरतीबाट बिदा भए ।

    यहाँ त्यस्तै अकालमा संसार छोडेर जाने कलाकारको चर्चा गरिएको छ ।

    Advertisement

    सुशान्तसिंह राजपुत, ३४

    अभिनेता सुशान्तसिंह राजपुतले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा आत्महत्या गरे । उनी ३४ वर्षका थिए । टेलिश्रृङ्खला ‘पवित्र रिस्ता’मा मानव देशमुखको पात्रबाट दर्शकमा चर्चा पाएका उनले सन् २०१३ को ‘काई पो चे’बाट बलिउडमा प्रवेश गरेका थिए । सन् २०१६ को ‘एमएस धोनी : दि अनटोल्ड स्टोरी’बाट भने बलिउड दर्शक र समीक्षकबीच उनको चर्चा चुलिएको थियो । पहिलो फिल्मबाट नै अभिनयको तारिफ बटुलेका उनले यो फिल्ममा चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीको भूमिका निभाएका थिए । यही भूमिकाबाट उनलाई बलिउडले एक उम्दा कलाकारका रुपमा लिन थालेको थियो ।

    जिया खान, २५

    अभिनेत्री जिया खानले अमिताभ बच्चनको फिल्म ‘नि:शब्द’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । आमिर खानसँग ‘गजनी’मा देखिएकी अभिनेत्री खानले सन् २०१३ मा २४ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । उनले मुम्बईको अपार्टमेन्टस्थित पङ्खामा झुण्डेर आत्महत्या गरेकी थिइन् । परिवारले उनको मृत्युलाई आत्महत्या स्वीकार गरेको थिएन । केन्द्रीय जाँच ब्यूरो(सीबीआई)को अनुसन्धानपछि सन् २०१६ मा मुम्बईको उच्च अदालतले त्यसलाई आत्महत्या नै प्रमाणित गरेको थियो ।

    गुरु दत्त, ३९

    अभिनेता तथा निर्देशक गुरु दत्तले श्यामश्वेत फिल्म ‘कागजके फूल’, ‘बाजी’ र ‘प्यासा’मा अभिनय गरेका थिए । सन् १९६४, अक्टोबर १० मा उनी मुम्बईको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । उनी ३९ वर्षका थिए । उनी आफ्नो समयका सबभन्दा प्रतीभाशाली कलाकार मानिन्थे ।

    सिल्क स्मिता, ३५

    अभिनेत्री विजयलक्ष्मी (सिल्क स्मिता) तामिलमा एक समय हिरोलाई टक्कर दिने कलाकारका रुपमा चर्चित थिइन् । सन् १९९६ मा अभिनेत्री स्मिताले ३३ वर्षको उमेरमा आत्महत्या गरिन् । २ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी उनी ‘विन्दीचक्रम’बाट चर्चामा आएकी थिइन् । केहीअघि उनको जीवनमाथि बनेको बलिउड फिल्म ‘द डर्टी पिक्चर’मा विद्या बालानले स्मीताको भूमिकामा अभिनय गरेकी थिइन् ।

    मधुबाला, ३६
    बलिउडको आइकोनिक अभिनेत्री मधुबाला ३६ वर्षमात्र बाँचिन् । जन्मजात नै उनी मुटुको रोगी थिइन् । मधुबालाले ३६ वर्षको उमेरसम्म आइपुग्दा ‘मुगल-ए-आजम’, ‘चल्तीका नाम गाडी’, ‘महल’, ‘मिस्टर एण्ड मिसेस ५५’, ‘दुलारी’, ‘बेकसुर’, ‘तराना’ र ‘बादल’जस्ता फिल्मबाट उनी स्टार बनिन् ।

    चिरन्जिवीसर्जा, ३९

    कन्नाडा स्टार चिरन्जिवी सर्जाले बेंगलुरु अस्पतालमा ह्रदयघातका कारण यही जुन ७ मा प्राण त्यागे । उनी ३९ वर्षका थिए । सास फेर्न गाह्रो भएपछि उनलाई अस्तपताल लगिएको थियो । तर उपचारको क्रममा नै चिरन्जिवीको मृत्यु भएको परिवार स्रोतले जनाएको थियो ।

    दिव्या भारती
    सन् १९९३, अप्रिल ५ मा अभिनेत्री दिव्या भारतीको मृत्यु भएको थियो । मुम्बईको तुलसी अपार्टमेन्टबाट लडेर दिव्याको मृत्यु भएको हो । तीन वर्षकै फिल्मी करियरमा लोभलाग्दो उचाइमा पुगेकी उनले १९ वर्षको उमेरमा संसार छोडेकी हुन् । उनको मृत्यु दुर्घटना थियो या षड्यन्त्र बलिउडमा अझै यसउपर बहस भइरहन्छ । तर, प्रहरीले त्यतिबेला नै दुर्घटना रहेको भन्दै केस फाइल बन्द गरेका थिए । फिल्म ‘विश्वात्मा’बाट डेब्यू गरेकी दिव्याले ‘सोला ओर सबनम’, ‘दिवाना’, ‘जान से प्यारा’लगायतका ३ दर्जन बढी फिल्ममा अभिनय गरेकी थिइन् ।

    इन्दर कुमार

    अभिनेता सलमान खानसँग ‘वान्टेड’मा अभिनय गरेका कलाकार इन्दर कुमारको सन् २०१७ मा ह्रदयघातका कारण मृत्यु भएको थियो । इन्दरले सलमानसँगै ‘कहीँ प्यार हो ना जाए’, ‘तुमको ना भुल पाएंगे’ र लामो समय प्रसारणमा आएको टेलिरश्रृङ्खला ‘क्यूंकि सास भी कभी बहु थी’मा अभिनय गरेका थिए । ४३ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    कुनाल सिंह

    दक्षिण भारतीय फिल्मका अभिनेता कुनाल सिंहले ३३ वर्षको उमेरमा सन् २००८ मा आत्महत्या गरेका थिए । आफ्नै कोठामा झुण्डिएर उनले आत्महत्या गरेका थिए । बलिउड अभिनेत्री सोनाली बेन्द्रेसँग ‘दिल हि दिल मे’मा अभिनय गरेका कुनालले बलिउडमा चर्चा कमाएका थिए । उनले तामिलसँगै भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए । उनको मृत्युलाई बलिउड अझै रहस्यको रुपमा लिन्छ । उनको मृत्युलाई दोस्रो अनुसन्धानमा प्रहरीले हत्या भनेका थिए भने अन्तत: पछि फेरि प्रहरीले आत्महत्या नै रहेको बतायो ।

    आरती अग्रवाल

    सन् २०१५ मा तमिल अभिनेत्री आरती अग्रवालको ह्रदयघातका कारण ३१ वर्षको उमेर निधन भएको थियो । उनले २१ वटा तमिल फिल्ममा अभिनय गरेकी थिइन् । १६ वर्षको उमेरमै उनले बलिउड फिल्म ‘पागलपन’बाट डेब्यू गरेकी थिइन् ।

    Advertisement

    Post Views: 186
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ५ असार २०७७, शुक्रबार १५:४९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने
    भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप
    अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले
    यो पनि हेर्नुहोस
    चेन्नईमाथि बैंगलोरको जीत
    भारतमा थप ३२०५ जना कोरोना संक्रमित थपिए
    भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology