काठमाडौ, असार ६ – आज एक्शन किंग अभिनेता शिब श्रेष्ठको जन्मदिन परेको छ । आज अर्थात असार ६ गते शनिबार उनको जन्मदिन परेको हो ।आजबाट ६६ बर्षमा लागेका उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।
चलचित्र जीवनरेखा बाट डेब्यु गरेको शिब श्रेष्ठले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छन् । ख्याती कमाएका पुराना अभिनेताका रुपमा चिन्ने गरिएका उनि पछिल्लो समय चलचित्र प्रेमगीत ३ मा देखा परेका छन् । उक्त चलचित्र रिलिजको तयारीमा रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।