काठमाडौं – शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको शनिवार निधन भएको छ । उनको आज काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो । उनलाई १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । उनको आज अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन् । उनको शनिबार नै अन्त्येष्टि गरिने जनाइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।