काठमान्डौ , स्वास्थ्य मन्त्रालयले नेपालमा आज थप ५३५ जनामा कोरोना देखिएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले थप ५३५ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ९५६१ पुगेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।