काठमाण्डाै – बिहारमा चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ ।
भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे हाे ।
चट्याङ लागेर कैयाैँ घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नाै जनाकाे ज्यान गएकाे छ ।
बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे ।
सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्यान गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्यान गएकाे छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।