पालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण भएका मृतकको संख्या २६ पुगेको छ ।
पछिल्लोपटक २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
स्याङ्जा आँधीखोलाका एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ललितपुरको महालक्ष्मी– ५ घर भएका अर्का एक जनाको पाटन अपस्तालमा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
ललितपुरमा मृत्यु भएका व्यक्तिको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको उनले जानकारी गराए ।
कोखा दुखेपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई पछि पाटन अस्पताल रिफर गरिएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।