काठमाण्डौ – कोरोनाको कारण विदेशमा रोकिएका ८७ श’व स्वदेश ल्याइएको छ ।
विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका श’व पनि ल्याइएको हो । अहिलेसम्म सबैभन्दा धेरै श’व मलेसियाबाट ल्याइएको छ । मलेसियाबाट ३१ वटा श’व ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०/२० वटा श’व ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कुवेतबाट ७ जना नेपालीको श’व आएको छ भने यूएईबाट पाँच नेपालीको श’व ल्याइएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार बहराइनबाट ३ जना नेपालीको श’व ल्याइएको छ भने ओमानबाट १ जना नेपालीको श’व ल्याइएको छ । यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको हुँदा उतै सदगत गरिएको छ । अझै विदेशमा १२० नेपालीको श’व बाँकी छ ।
अब साउदीमा सबैभन्दा धेरै श’व बाँकी छ । साउदीमा अब ५९ श’व छन् भने मलेसियामा २३ शव बाँकी छ । बोर्डका अनुसार कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको श’व बाँकी छ भने अन्य देशबाट ७ वटा श’व ल्याउन बाँकी छ ।