काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमितमध्ये ४ काठमाडौँका र १ भक्तपुरका रहेको छन्। काठमाडौँमा एक महिला र तीन पुरुष र भक्तपुरमा एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो।
उनले पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।