काठमाडौ, असार १३- नेपाली फुटबल टिमको पहिलो कप्तान सचिव राजबहादुर सिंहको निधन भएको छ ।
दमको रोगबाट लामो समय देखि ग्रस्थ रहेका सिंहको शुक्रबार छाउनीमा आफ्नै निबासमा निधन भएको बताइएको छ ।
उनको शुक्रबार ८८ वर्षको उमेरमा निधन भएको हो ।
र आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
सिंहले २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका थिए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।