एजेन्सी – कोरोना संक्रमणबाट बृद्ध बृद्धामा जोखिम हुने चेतावनी चिकित्सक र बैज्ञानिकले दिइरहेका बेला एक १ सय १४ वर्षका बृद्धले कोरोनालाई जितेर घर फर्किएका छन् ।
अवा तिलाहुन वोल्डेमाइकलका परिवारले भने उनको उमेर १ सय १४ वर्ष भएको र उनी विशवकै सबैभन्दा पाको उमेरका मानिस भएके दावी गरेका छन् ।
हाल ति बृद्धको उनका नातीले हेर विचार गरिरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजना दिइएको उपचारमा संलग्न डा। हिलुफ एवेटले बताए ।
डा. हिलुफ एवेटले कोरोनाको लक्षण देखिनु अघि नै उनलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।