• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सलह कीरा मारेर ल्याउनेलाई किलोको १०० रूपैयाँ दिने निर्णय

  •  राष्ट्रिय संचार
  • १५ असार २०७७, सोमबार १०:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    स्याङ्जा, १५ असार । भारत हुँदै नेपाल पसेको सलह कीरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।

    गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”

    Advertisement

    साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिनुभयो ।

    सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताउनुभयो । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।

    मजुङमा पनि प्रवेश

    सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भन्नुभयो, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०/१२ वटा मात्र फेला परेको छ ।” उहाँका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।

    Advertisement

    कैलालीमा पनि

    कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ ।

    सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । “जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु”, नगरप्रमुख वडले भन्नुभयो, “क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौँ ।” – रासस

    Advertisement
    Advertisement

    Post Views: 9
    १५ असार २०७७, सोमबार १०:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य
    यो पनि हेर्नुहोस
    १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology