काठमाडौं । दार्चुलामा पहिरोमा पु’रिएर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने एक जना घा’इते भएका छन् ।
नौगाड गाउँपालिका ४ होपरीमा जलविद्युतको नहर भ’त्किदा आइतबार राति गएको पहिरोमा परी २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र ४ वर्षीय सुसान्त महता रहेका छन् । उनीहरु बाबु–छोरा हुन् ।
घा’इते हुनेमा सोही परिवारकी चनमति महता रहेकी छिन् । उनी चन्द्र सिंह महताकी श्रीमती हुन् ।
उनको अवस्था ग’म्भीर रहेको बताइएको छ । उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ ।
मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्ष’ति भएको छ । अहिले प्रहरीको टोली घटना स्थल तर्फ गइरहेको छ ।
क्ष’तिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।