मकवानपुरकी सुस्मिता क्षेत्रीको ह-त्या गर्नु पहिले ससुराले क’रणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा ज’बर्जस्ती क’रणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो।
२०७६ असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। nत्यसको झण्डै ९ महिनापछि, गत असार २ गते बिहान मकवानपुरस्थित घरको भान्सा कोठामा २४ वर्षीया सुस्मिता मृ’त फेला परिन्।
हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित घरमा बिहान ६ः२० बजे मृत भेटिएपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए। साढे ६ बजे प्रहरी घटनास्थलमा पुगेको थियो। २०७६ वैसाख १८ गते रूपेन्द्र थापा र सुस्मिता क्षेत्रीबीच विवाह भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमाण्डको टोली पुग्दा
भान्छा कोठामा उनी मृ’त फेला परेकी र ढोकाको चुकुल भित्रबाट बन्द रहेको बताइएको थियो। त्यसलगतै माईती पक्षलाई खबर गरिएको थियो। मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर हेटौंडा अस्पतालका मेडिकल–लिगल तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुगेका थिए।
दिउँसो करिव २ बजे सुस्मिताका बुवासहित आफन्त घ’ट्नास्थलमा पुगेको थिए। स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा मृ’तक सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चो’ट लागी रगत बगेको अवस्थामा फेला परेको थियो।
घ’टनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको समेत सहयोगमा अनुसन्धान गरेको थियो। माइती पक्षले ह-त्या अभियोगमा केटा तर्फका परिवारविरुद्ध कि’टानी जा’हेरी दिएका थिए। प्रहरीले डीएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो। पोष्टमार्टमपछि सुस्मिताको श’व ससुरा प्रकाश थापाले बुझेका थिए। पोष्टमार्टमको रिपोर्ट असार ४ गते आएको थियो। मृ’तकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको थियो।
कसरी भयो ह-त्या?
गत असार १ गते बेलुकी साढे ९ बजे ससुरा प्रकाश थापा र सासु तुलसा थापा खाना खाएर भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए। उनीहरुले प्रहरीलाई दिएको बयानअनुसार, खाना खानुअगाडि ससुरा प्रकाश थापाले रक्सी पिएका थिए।
त्यसपछि नन्द सीता थापा र मृ’तक सुस्मिता क्षेत्री थापाले भान्छा कोठामा खाना खाइरहेका थिए। सुस्मिता क्षेत्री थापा म’हिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिइन्। त्यहिबेला ससुुराले बाहिरबाट काठको लौरो लिएर भान्छा कोठामा आएर टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा ल’डिन्। प्रहरी भन्छ– नन्द सीता थापाले पनि सुस्मितामाथी प्रहार गरिन्।
सुस्मिताले बचाउ–बचाउ भन्दै चि’च्याउन थालिन्। ‘त्यो आवाज सुनेर सासु तुलसा भान्छा कोठामा पुगिन्। तर उनलाई ससुरा र नन्दले बाहिर निकाले। त्यसपछि ससुरा र नन्दले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मिता माथि प्र’हार गरी ह-त्या गरे,’ बयानमा भनिएको छ।
सुस्मिताको मृत्युपछि सासु भित्र आएर फु’टेको सिसाको कचौराको टुक्राहरू प्लास्टिकको झोलामा हालेर भान्छा कोठा अगाडिको बरन्डामा राखिन्। सीताले आफ्नी आमालाई लिएर सुत्न गइन् र हल्ला नगर्न भनिन्। बाबु छोरी मिली घटनास्थललाई आत्मह-त्या जस्तो देखाउनको लागि सल्लाह गरेको समेत बयानमा बताइएको छ।
भान्छा कोठाभित्र बिग्रिएका सबै चीजहरु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृ-तकको निधारमा भएको घा’उ छोपी बिभिन्न स्थानमा लागेका रगतहरू पुछे। सीता भान्छाबाट निस्किन्। ससुरा प्रकाशले भित्रबाट ढोकाको चुक्कुल लगाई भान्छा कोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्कीएको बयानमा देखिन्छ।
फु’टेका सिसाका टुक्राहरू र काठको लौरो घर पछाडिको मकैबारीमा भेटिएको थियो। बाबु छोरीले नै र’गत लागेका कपडाहरू धोई पखाली गरेर आआफ्नो कोठामा गएको बयानमा खुल्छ। भोलिपल्ट बिहान ५ बजे उठेर छरछिमेकलाई बुहारीले भान्छा कोठामा आत्मह-त्या गरेको भन्दै खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेका थिए।