काठमान्डू। कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने भएको छ। प्रदेश बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त जानकारी दिएका हुन्।
संक्रमित व्यक्तिलाई सम्बन्धित स्थानीय तह र जिल्ला सदरमुकामका आइसोलेसनमा बस्ने व्यवस्था मिलाइने र बिरामीको जिल्ला अस्पतालमा उपचार गरिने पनि उनको भनाइ छ।
प्रदेशले कोरोना केन्द्रित स्वास्थ्य, खाद्यान्न र शिक्षाका कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गरिने भएको छ। कोरोना नियन्त्रण र दीर्घकालीन स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि २ अर्ब ७७ करोड विनियोजन गरिएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।