काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार केहीबेर बसेर स्थगित भएको छ ।
काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।
आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए ।
एकाएक पार्टीभित्र किचलो सुरु भएपछि ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए ।