७ असार, काठमाडौंः- काठमाडौं उपत्यकामा बुधबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् । संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपालमा पछिल्लो थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्मको संक्रमित सख्या कुल १४ हजार ४६ पुगेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।