काठमाडौं । नेपालमा थप १ हजार ४ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ रहेको छ ।
आज , जनकपुरबाट झापाका १ पुरुष, कलैया असपतालबाट बाराका ३ पुरुष, साई कृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ जना पुरुष, टेकु अस्पताल काठमाडौंबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपालचोकका १ पुरुष, खोटाङका १ पुरुष, त्यस्तै मोरङ, नुवाकोट, चितवन, भक्तपुर, दोलखाका १ जना पुरुष, ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष, निलकण्ठ आइसोलेशन सेन्टरबाट धादिङका ५ महिला र २९ पुरुष, ललितपुरका १ महिला, भक्तपुरका २ पुरुष, पाटन अस्पतालबाट ललितपुरका १ महिला भक्तपुरका २ पुरुष सिन्धुलीका १ महिला चितवनका १ महिला, सुर्खेत प्रादेशीक अस्पतालबाट ५ महिला र २८ पुरुष, प्रदेश नं ५ का विभिन्न आइसोलेशनबाट १५ महिला र २८७ पुरुष र नवलपरासीका १ महिला र १३ पूरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार अन्यको विवरण आउन बाँकी रहेको छ ।