काठमाण्डाै – सुनको भाउ एकैदिन ७ सय रुपैयाँ घटेको छ ।
हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो । त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।