१८ असार, सर्लाही । चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । दुईजना घा’इते भएका छन् ।
जिल्लाको बागमती नगरपालिका- १० बस्ने १८ वर्षीय छोटु पासवानको बिहीबार बिहान १० बजेतिर चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
सोही नगरपालिका-८ का सुनमाया बस्नेतको खेतमा धान रोप्ने क्रममा छोटुलाई चट्याङ्ले लागेको डीएसपी कुँवरले बताए । चट्याङ लागेपछि घा’इते भएका उनलाई उपचारका लागि बरहथवातर्फ लग्ने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
छोटुसँगै धान रोपिरहेकी कमलादेवी मुखिया पनि घा’इते भएकी छन् ।
यस्तै, बलरा नगरपालिका-१ का ३५ वर्षीय बरुण सहनी वर्षासँगै परेको चट्याङ लागेर घा’इते भएका छन् । उनलाई उपचारका लागि भारतको सितामढीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।