काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्।
विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्ति बाटिकामा राखेको र’क्तदान कार्यक्रममा शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नु पर्यो भन्ने प्रश्न पनि गरे ।
‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ कार्यक्रममा सामाजिक दूरी कायम नगरेकोप्रति लक्षित गर्दै देउवाले थपे, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस्। टाँस्सेर बसेर केही हुनेवाला छैन।’
उनले को’रोना महामारीका बेला कार्यकर्ता भेला गरेर भाषण गर्ने कार्यक्रम नगरे पनि हुने बताए।
‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ। गर्नै परे अलि फराकिलो ठाउँमा गर्नुपर्यो,’ देउवाले भने, ‘अहिलेको बेला सबैले कार्यक्रम गर्न छाडि सकेका छन् ।
हामीले मात्रै गर्नुपर्ने? बढ्ता हुनुपर्ने? भाषण गर्नैपर्ने?’ विद्यार्थी भेला गरेर भाषण गरिहाल्ने नेविसंघ नेतृत्वलाई उनले थर्काएका हुन्।