प्यूठान । प्यूठानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । जिल्लाको सरुमारानी मोतिपुरमा भएको ट्रिपर दुर्घटनामा चालक रोशन थापा र सहचालक झगबहादुर पुनको घटना स्थलमै मुत्यु भएको हो ।
जिल्लाको लुप्लुङबाट अर्घाखाँचीको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ट्रिपर सडकबाट ५ सय मिटर तल खसेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।