असार २०, काठमाडौं : बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । अरु चार जना ह’राइरहेका छन् ।
गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी ७ जना वेपत्ता भएका थिए। उनीहरुमध्ये ३ जनाको श’व निकालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले जानकारी दिए ।
उनीहरुको पहिचान खुल्न बाँकी छ । बाढी र पहिरोले ३ वटा लघुजलविद्युत आयोजना र १६ वटा पानी घट्टमा पनि क्ष’ति पुर्याएको उनले बताए ।
पहिरोको जानकारी आएपछि प्रहरी घ’टनास्थलतर्फ गएको र बाटोमा बाढी र पहिरो भएकाले प्रहरी पुगिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले उल्लेख गरे । घ’टनाबारे विस्तृत विवरण आउन बाँकी छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।