२१ असार, काठमाडौंः सर्लाहीमा भएको एक मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते र एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बाइकले एकै साथ पाँच जनालाई ठक्कर दिएको थियो । उक्त घटनामा चार जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
आज बिहान बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना. ५२ प ५६४१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटर साइकल दुर्घटना हुँदा बाटोको छेउमा बसिरहेका ५ जनालाई मोटर साइकलले एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा ठक्करले स्थानीय रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटना स्थलमै मृत्यु भएको छ ।
घाइते हुनेहरुमा सोही ठाउँका ३५ बर्षीय सुरेन्द्र महतो, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान रहेको प्रहरीले बताएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।