काठमाडौ, असार २३- मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ७ सय रुप्रैयाले बढेर प्रतितोला ९० हजार ९ सय रुप्रैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९० हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४६० रुपैयामा कारोबार महासंघले जनाएको छ । जनाएको छ । त्यस्तैगरी आज मंगलबार ज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९५० रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।