कपिलवस्तु। कपिलवस्तुमा एक महिला मृ’त भेटिएकी छन्।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुर बस्ने २९ वर्षीया दुर्गा सापकोटा छिमेकीको घरमा मृ’त भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृ’त भेटिएकी दुर्गा स्थानीय लेखनाथ सापकोटाकी श्रीमती हुन्।
उनी घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको तामलाल घिमिरेको घरकोे भुइँतलामा मृ’त अवस्थामा भेटिएकी हुन्। प्रहरीले उक्त घ’टनाको अनुसन्धान शुरु गरेको जनाएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।