काठमाडौं : सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो। हिजो छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाले बढेर ९ सय ८० पुगेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।