२६ असार, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरो जाँदा बे’पत्ता भएकामध्ये ३ जनाको श’व भेटिएको छ । ९ जना अझै बे’पत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरो गएको माटोमुनि ३ जनाको श’व देखिएकाले ती श’व निकाल्ने काम भइरहेको जानकारी दिए।
डिएसपी श्रेष्ठका अनुसार गएरातिदेखि बारेकोट क्षेत्रमा कुनै पनि टेलिफोन तथा प्रहरीको सेटमा समेत सम्पर्क हुन सकेको छैन ।
गएरातिको वर्षाका कारण पहिरो जाँदा बारेकोट गाउँपालिका ४ मा २ घर पुरिएका छन्।
पहिरोमा बे’पत्ताहरूको खोजी कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।