परासी — नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको १६ वटा ढोका खोलिएको छ । २ लाख १५ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाव पुगेपछि ब्यारेजको ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकृत तारा सिहंले बताए । ‘पानीको बहाव बढ्दो क्रममा भएकाले ब्यारेजको १६ वटा ढोका खोलियो ।,’ उनले भने, ‘ब्यारेजको ढोका खोल्ने नखोल्ने भारतीय पक्षमा निहित छ । पानीको प्रवाह अनुसार क्रमश थप ढोका खुल्दै जानेछन् ।’
शुक्रबार दिउँसो १० दशमलव ४५ मिटर पानीको सतह पुगेपछि सम्भावित जोखिम हुने भन्दै ढोका खोलिएको हो । ११ मिटरपछि खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।