• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पहिरोमा पुरिएर मृत्यु भएका घरधनीको प्रतिक्षामा कुकुर, भत्किएको घर तिर हेरेर रोयो(भिडियो सहित)

  •  राष्ट्रिय संचार
  • २६ असार २०७७, शुक्रबार २०:३५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो । पिङ्की थापाकोे जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी निधन हुनेको सङ्ख्या छ पुगेको छ ।

    यसै क्रममा पहिरोले पुरिएको घरमा पुग्दा टंकबहादुरका दाजु सोमबहादुर भाइको ढलेको घर नजिकै भाइको ढलेको घर हेरिरहेका थिए। यसैमा एउटा कुकुर पनि भत्केको घर हेरिरहन्थ्यो। घरी घरी सानो आवाजमा कराई रहन्थ्यो। सोमबहादुरले भाइ टंकको कुकुर भएको सुनाए। ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो।’

    पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छिमेकीलाई निम्ता गरिएको थियो । सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदी९ मितबाबुको छोरी० को जन्म दिन मनाउन साँझ गोठादी पुग्नुभएको थियो । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

    परिवारका सदस्य तथा आफन्त भने १२ बजे मध्यराति पिङ्कीलाई अन्तिमपटक शुभकामना दिएरमात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे । “सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभकामना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौँ ।” पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका तामाङले भन्नुभयो,“ १२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे वीस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौँ ।”

    Advertisement

    अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने ६ जना अन्य कोठामा थिए । तर उनीहरुको सुतेको दुई घण्टामानै घर पहिराले बगायो । माथिबाट पानीको भेलले पर्खाल भत्किएपछि घरसमेत सँगै पहिराले बगाएको थियो । पहिरो आएसँगै आफू बेहोस भएको र घरमुनिको बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा होसमा आएको तामाङले बताउनुभयो ।

    घटनाको स्मरण गर्दै उहाँले भन्नुभयो, “सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रशी भाइ ९अर्का घाइते० रहेछ, उसलाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौँ ।” अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उहाँको भनाइ छ ।

    अर्का घाइते रशी थापामगरले पनि होसमा आएपछि मात्र घटनाबारे जानकारी भएको बताउनुभयो । “केही पनि थाहा भएन । पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रगत आइरहेको रहेछ, पिङ्की दिदी,अनिस दाई, कृपा, इसिका भाञ्जीसहित हामी सात जना एउटै कोठामा थियौँ” थापाले भन्नुभयो ।

    छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सहभागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आउनुभएका सालीको परिवारसहितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताउनुभयो । पहिरोमा परी पिङ्कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इशिका थापामगर र छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको निधन भएको थियो ।

    घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले ठूलो पानी परेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगाएको पर्खालसहित भत्किएर घर पहिरोले क्षति पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो,“बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहिराले बगाएपछि हार गुहार समेत भएन ।”

    यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परिचालित गरिएको बतानुभएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि आज एक विज्ञप्ती जारी गरी उहाँले पहिरो र बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि तथा परिवारजनमा समवेदना प्रकट व्यक्त गर्नुभएको छ ।

    प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको निधन भएको तथा १६ जनाको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । पहिरोका कारणले १० घर पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको मन्त्री चुमानले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।अन्नपूर्ण पोस्ट

    Advertisement
    Advertisement

    Post Views: 151
    २६ असार २०७७, शुक्रबार २०:३५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology