एजेन्सी, २७ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले संशार कोरोनाले आक्रान्त हुँदा पनि विश्व विभाजित हुनु दुखद् भएको बताएका छन् ।
उनले कोरोना भाइरसको महामारीसँग लड्नका साटो एकअर्कामा संघर्ष गर्दै कसैप्रति ‘इगाे’ राख्नु कुनैपनि मुलुकको गल्ती भएको उल्लेख गरे । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने- ‘काेराेना भाइरसकाे महामारीले हामीले हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको बेला विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन ।’
कोरोसना भाइरसकसँग लड्न ‘नेतृत्वको अभाव’ देखिएको बताउदै भावुक हुँदै उनले केही पात्रको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा उनले भनेका छन् – ‘साथीहरु, गल्ती नगर्नुहोला । आज हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन । हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धता पनि हो।’
उनको यो भनाई अमेरिका लक्षित भन्ने सोझै अनुमान गर्न सकिन्छ । अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा सम्बन्ध तोडिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डब्ल्युएचओले अलग नहुन हरसम्भव प्रयास गरेपनि अलग हुने निर्णय गरेको थियाे । अमेरिकामा नै कोरोना भाइरसको संक्रमण दिनदिनै उच्च अनुपातमा बृद्धि भइरहेको छ ।
अमेरिकामा झण्डै ३३ लाख कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै १ लाख ३६ हजार ६७१ ले ज्यान गुमाइसकेको बताउदै कुनै विभेद विना ज्यान लिने कोरोना बिरुद्ध सबैले गोलबद्ध रुपले लड्नुपर्ने बताए । यसलाई सबै मुलुकले साझा दुस्मनीको रुपमा लिए यसलाई परास्त गर्न सकिने उनको तर्क छ । तर यसको अभावमा हामिले चिन्तित हुनुपरेको प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले बताए । न्युज24नेपाल