काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं-१० का एक पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको पनि कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।