काठमाडौँ । अविरल वर्षासँगै शुक्रवार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनको सङ्ख्या २७ पुगेको छ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा आएको पहिरोमा परी मृत्यु हुने २७ जनाको शव फेला परेको र ४ जना अझै बेपत्ता रहेको म्यादी प्रहरीले जानकारी दिएको छ ।
धवलागिरि गाउँपालिकामा मात्रै १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरण जङ्ग गुरुङले बताए । मृत्यु हुनेमा धवलागिरि–६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा, ५ वर्षीया कञ्चन, ५५ वर्षीया गौशरा, २० वर्षीया दिमा, उनकी छोरी ४ वर्षीया दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।