• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

२९ दिनमा ८८ जनाको मृत्यु, ३२ बेपत्ता(विवरणसहित)

  •  राष्ट्रिय संचार
  • २७ असार २०७७, शनिबार २१:५७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ, २७ असार : मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

    प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    Advertisement

    सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।

    असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालिलाग्दो क्षति पु¥याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।

    म्याग्दीमा २७ को मृत्यु

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आज साँझ राससलाई दिनुभएको विवरणअनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ । अझै चारजना बेपत्ता छन् । बेपत्ता भनिएका तीनजना सम्पर्कमा आएको ढकालले जानकारी दिए ।

    Advertisement

    “अहिलेसम्म प्रभावित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पु¥याइसकिएको छ, हराइरहेकाको खोजी जारी छ”, प्रजिअ ढकालले भने । उनका अनुसार ५० बोरा चामल, आवश्यक मात्रामा नुन, तेल, मसला, चाउचाउ, पाल, कम्बल ब्ल्याङ्केट सबै पु¥याइसकिएको छ । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र सात जनाको बेनीमा उपचार भइरहेको छ ।

    सिन्धुपाल्चोकमा अझै २० बेपत्ता

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पु¥याएको छ । यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उनले जानकारी दिए । अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन् । काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ । हराएका भनिएका एक जना भने सम्पर्कमा आएको उनले जानकारी दिए ।

    कास्कीमा सातको मृत्यु, १३ घाइते

    कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पु¥याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको थियो ।

    जाजरकोट नौ जनाको मृत्यु

    जाजरकोटबाट प्राप्त विवरणअनुसार नौ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तले दिएको जानकारीअनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो । अझै छ जना बेपत्ता नै छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम चलिरहेको छ ।

    अन्य जिल्लामा पनि मानवीय क्षति

    प्राधिकरणबाट प्राप्त विवरणअनुसार विपद्मा परेर गुल्मीमा पाँचको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै लम्जुङ्मा चारको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा दुई÷दुई जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । म्याग्दीमा चार, बझाङ्मा एक, जाजरकोटमा छ, गुल्मीमा एक, सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिएका छन् ।रासस

    Advertisement
    Advertisement

    Post Views: 40
    २७ असार २०७७, शनिबार २१:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology