आदरणीय दर्शकलाई मेरो अनुरोध । बिगत केही दिनदेखि निरन्तर रुपमा निर्देशक र कलाकार दिपा दिदीमाथि तल्लो स्तरका गालीगलौज् भइरहेका छन्। हो, दिदीको गल्ती थियो, माफि पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासँग ब्यक्तिगत रुपमा माफी माग्दछु।
कुन गल्तिको सजाय कति भन्ने पनि त होला नि। छिमेकीको बच्चाले सागबारी कुल्चेछ, खुट्टा भांचेर पठाइदिनेत ? दिपा दिदीको पेटमा पाप छैन, तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। उहाँ मनको दयालु हुनुहुन्छ, बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ । कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् ।
गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केहि गल्ति नहुंदा पनि ूछ माया छपक्कैू को ट्रेलर रिलिज हुॅदा सुरुमै करिब १२ सय नेगेटिभ कमेन्ट आए, (यिनीहरुको फिल्म् फ्लप् भैहालोस्ू, जोकरहरुको फिल्म कसले हेर्छ र ? आदी इत्यादि। (यहि कारणले म झण्डै दोश्रोपटक डिप्रेशनमा गएको थिएँ) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुंदा कुन तत्वलाईं फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन ।
त्यो तत्व (जो फेक आईडीसहित कमेन्टमा हाजिर हुन्छ) संग सम्बन्धित ब्यक्तिलाई त मेरो भन्नु केही छैन, जो साँच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नुपरे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । छक्कापञ्जा टिमबाट माग्ने निकालौं भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं,तर छुट्टा छुट्टै चलचित्र बनाउंदा कमजोर नबनोस्,हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं।
नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्री स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्टको लागी अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमाराखेको छु। केही गल्ती लेखेको भए तपाई पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।
–फेसबुकबाट साभार