एजेन्सी । भारतीय चर्चित नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई कोरोना संक्रमण भएसँगै उनलाई स्वास्थ्य लाभको कामना गर्नेहरु बढेका छन् । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
वच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना संक्रमण निको भएर रिर्पोट नेगेटिभ आओस् भन्दै बिबेकले भगवान्सँग प्राथना समेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् सिनियर वच्चन र जुनियर वच्चनलाई जतिसक्दो छिटो निको होस् ।
अमिताभ र अभिषेकलाई शनिबार राती कोरोना संक्रमण पुष्टी भएसँगै तत्कालै अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो भने शनिबार परिवारका अन्य सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो । अमिताभको घरका अन्य कर्मचारीको रिर्पोट भने आउन बाँकी रहेको भारतीय मिडियाले जनाएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।