काठमाडौं – सदावहार गायक रामकृष्ण ढकालको आज जन्मदिन परेको छ। उनले आज आफ्नो ४६ औं जन्मदिन मनाउदैछिन् ।
जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुधकामनाको ओइरो लागेको छ । उनलाई समाजिक सञ्जालमा कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् सात बर्षको उमेरदेखी नै गीत गाउन शुरु गरेका उनले हालसम्म सैयौ गीत गाएर दर्शकको मन जित्न सफल भैसकेका छन् ।
उनको ओराली लागेको, पाहाडको छुक छुके रेल लगायतका लोकप्रिय गीतहरु धेरैले रुचाइरहेका छन् । उनले आफ्ना लोकप्रिय गीतहरुकै कारण दर्जनौ पुरस्कारले पुरस्कृत भैसकेका छन् । उनी अहिले गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिका निभाइरहेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।