काठमाडौं:पछिल्लो २४ घन्टामा नेपालमा थप १३३ जनामा को’रोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप १३३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल सक्रिय को’रोना सं’क्रमितको संख्या ५ हजार ३ सय ८३ जना रहेको छ । आज शुक्रबार अपरान्हको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३३ जना को’रोना सं’क्रमित थपिएको बताएका हुन् । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा को’रोना पोजेटिभ देखिएको हो।
यस्तैपछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन्। यस सँगै जम्मा निको हुनेको संख्या १२ हजार ९ सय ४७ जना निको भए का छन्। यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ को’रोना संक्रमणमुक्त रहेका छन् । नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो।