प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले बतायो।‘उहाँहरूबीच छलफल जारी छ’, स्रोतले अनलाइनमार्ग डटकमसँग भन्यो। यद्यपि कुन विषयबारे छलफल चलिरहेको स्रोतले बताएन।यसअघि शनिबारै बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए।
त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए। प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए।स्रोतका अनुसार अध्यादेश फिता लिने निर्णय हुन सक्ने बुझिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।